ad ad

समाज


चिनियाँ सेनासँग भएकाे पछिल्लो भिडन्तमा पनि भारतीय सैनिक मारिएको दाबी

चिनियाँ सेनासँग भएकाे पछिल्लो भिडन्तमा पनि भारतीय सैनिक मारिएको दाबी

नेपालखबर
भदौ १७, २०७७ बुधबार ६:१८,

केही दिनअघि लद्दाखमा चीनका सेनासँग भएको भिडन्तमा भारतको विशेष सुरक्षा बलका एक सैनिक मारिएको दाबी गरिएको छ।

गत आइतबार राति प्याङगोङ ताल क्षेत्रमा भएको झडपमा ती सैनिक मारिएको समाचार बेलायती पत्रिका द गार्डियनले लेखेको हो।

दुई महिनाअघि पनि दुई देशको सीमा क्षेत्र लद्दाखकै गलवान उपत्यकामा हिंसात्मक झडप हुँदा भारतका २० सैनिक मारिएका थिए।

यसपछि दुवै देशका सैनिकबीच सीमा क्षेत्रमा शान्ति कायम गर्ने सहमति भएको थियो। तर पनि फेरि झगडा परेको हो।

भारतले घटना भएको स्वीकार गर्दै चीनका सेनाले सहमति उल्लंघन गरेका कारण झडप भएको आरोप लगाइरहेको छ। तर हताहतीबारे केही भनेको छैन।

याे पनिभारतीय र चिनियाँ सेनाबीच पूर्वी लद्दाखमा फेरि भयो झडप

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .