ad ad

समाज


जनकपुरमा २२ वर्षीया युवतीले जन्माइन् चार शिशु, आमामा देखियो कोरोनाको लक्षण, अवस्था गम्भीर

जनकपुरमा २२ वर्षीया युवतीले जन्माइन् चार शिशु, आमामा देखियो कोरोनाको  लक्षण, अवस्था गम्भीर

शैलेन्द्र महतो
भदौ १७, २०७७ बुधबार ६:१६,

धनुषाकी एक २२ वर्षीया युवतीले चम्ल्याहा सन्तान जन्माएकी छन्।

धनुषाको विदेह नगरपालिका ७ जोगियाराकी २२ वर्षीया अरमाना खातुनले एकैपटक तीन छोरी र एक छोरालाई जन्म दिएकी हुन्।

सुत्केरी व्यथा लागेपछि मंगलबार बिहान जनकपुरको काव्या हस्पिटलमा भर्ना भएकी उनले दिउँसो १ बजे शल्यक्रियामार्फत चार शिशुलाई जन्म दिएको हस्पिटलका सञ्चालक डा. एसके सिंहले जानकारी दिए।

No description available.

उनका अनुसार सबै बच्चाको तौल १ देखि डेढ किलोसम्म रहेको छ।एक छोरीबाहेक अन्य तीन शिशुको अवस्था समान्य रहेको तर तौल कम भएको कारण सबैलाई एनआईसीयूमा भर्ना गरिएको डा. सिंहले बताए।

चारै शिशुलाई जन्मदिने आमा अरमानामा भने ज्वारो र श्वासप्रश्वासजस्ता समस्या देखिएको र उनको स्वास्थ्य अवस्था गम्भीर रहेको उनको डा. सिंहले जानकारी दिए। आमालाई कोरोना भाइरस संक्रमणकै जस्तै लक्षण देखिएकाले स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ।

‘अरमानाको स्वास्थ्य अवस्था सिकिस्त छ। शल्यक्रियापश्चात उनलाइ ज्वरो र श्वासप्रश्वासको समस्या आएपछि आईसीयूमा भर्ना गरेका छौं। कोरोना जस्तै लक्षण देखापरेकाले लागि स्वाब शंकलन गरिएको छ’, डा. सिंहले नेपालखबरसँग भने, ‘तीन जना शिशुको अवस्था समन्य जस्तै छ। एक सिकिस्त शिुशलाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेका छौं। दुई जना शिशुलाई साँझसम्म एनआईसीयूबाट जनरल वार्डमा राख्न सकिन्छ।’

No description available.अरमाना खातुन

अरमानालाई स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सोनिया सिंहले सफल शल्यक्रिया गरी बच्चाहरु निकालेकी हुन्। शल्यक्रिया गर्नुअघि नै भिडियो एक्से गर्दा अरमानाको गर्भमा चार शिशु रहेको पूर्वजानकारी भएको र त्यसै अनुसार शल्यक्रिया गरिएको डा. सिंहले बताइन्।

डा. सिंहले यस्तो घटना कहिले कहाँ मात्र हुने गरेको प्रतिक्रिया दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .