ad ad

समाज


कोरोना संक्रमणबाट भक्तपुरमा अहिलेसम्म १० जनाको मृत्यु

कोरोना संक्रमणबाट भक्तपुरमा अहिलेसम्म १० जनाको मृत्यु

नेपालखबर
भदौ १८, २०७७ बिहिबार ११:५७,

मिर्गौला रोगबाट पीडित भक्तपुरकी एक महिलाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

मध्यपुरथिमि नगरपालिका–६ दुवाफल्चाकी ४० वर्षीया महिलाको पाटन अस्पतालमा उपचारकै क्रममा बिहीबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए।

ती महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि यही भदौ ३ गते अस्पताल भर्ना गरिएकामा उपचारकै क्रममा गए राति मृत्यु भएको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए। मृतक महिलाका श्रीमानसहित परिवारका अन्य दुई जनामा पनि संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा राखिएको बताइएको छ।

यससँगै भक्तपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ। तीमध्ये पाँच मध्यपुरथिमि, चार सूर्यविनायक र एक जना भक्तपुर नगरपालिकाका हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .