ad ad

समाज


खोलामा भेटेको काठको विषयमा झडप: इन्सपेक्टर घाइते भएपछि ५ जना पक्राउ

खोलामा भेटेको काठको विषयमा झडप: इन्सपेक्टर घाइते भएपछि ५ जना पक्राउ

शैलेन्द्र महतो
भदौ २२, २०७७ सोमबार ११:५५,

झडपमा प्रहरी इन्सपेक्टरसहित दुई प्रहरी घाइते भएपछि पाँचजना गाउँलेलाई प्रहरीले पक्राउ गरेको छ।

घटनाको अनुसन्धानको लागि धनुषाको बटेश्वर गाउँपालिका ५ शान्तिपुरका दुई महिलासहित ५ जना गाउँलेलाई सोमबार दिउँसो पक्राउ गरेको हो। पक्राउ पर्नेमा स्थानीय रञ्जिता देवी राउत, निराजन राउत, अञ्जय सदा, रधियादेवी सदा, फुलगेन सदा छन्।

उनीहरुलाई घटनाको विषयमा सोधपुछ तथा अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा राखिएको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले नेपालखबरलाई जानकारी दिए।

बटेश्वर गाउँपालिका र क्षिरेश्वरनाथ नगरपालिकाको बिच भएर बग्ने औरही खोलामा आइतबार दाउरा खोज्ने क्रममा स्थानीय मुसहर समुदायले सालको गोलिया फेला पारेका थिए। सोहि गोलिया लैजाने विषयमा आइतबार राति स्थानीय र इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको टोलीबिच झडप भएको थियो।

झडपको क्रममा दुई प्रहरीसहित पाँचजना घाइते भएका थिए। घटनामा गाउँलेको ढुंगामुढाबाट इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक राय र प्रहरी जावन रामविश्वास पण्डित घाइते भएका छन्।

यस्तै गाउँले तर्फबाट एक महिलासहित ३ जना घाइते भएका छन्। घाइते प्रहरी इन्सपेक्टरको निधारमा ६ वटा टाँका लागेको छ।

याे पनि : बाढीले ल्याएको सखुवाको गोलियाको स्वामित्त्व विवादमा झडप, स्थानीय र प्रहरी इन्सपेक्टरसहित ५ जना घाइते

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .