कैलालीमा युवती बलात्कारको आरोपमा चार जना पक्राउ परेका छन्।
कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार मंगलबार साँझ धनगढीमा २१ वर्षीया युवतीमाथि जबर्जस्ती करणी भएको थियो।
बलात्कार आरोपमा धनगढी उपमहानगरपालिका ४ स्थित डडेल्धुरा रेष्टुरेन्ट एण्ड बारका सञ्चालक सन्जु पालसहित चार जना पक्राउ परेका छन्।
पक्राउ पर्ने अन्यमा डडेल्धुरा अमरगढी नगरपालिका १ का २० वर्षीय हेमन्त दियाल, नवदुर्गा गाउँपालिका २ का २४ वर्षीय दीपक भट्ट र अजयमेरु गाउपालिका १ का २१ वर्षीय टंक धामी रहेका छन्।
युवतीलाई होटल सञ्चालक पालले होटलमा बोलाएको र चार जनाले बलात्कार गरेको भन्दै युवतीले जाहेरी दिएकी छन्। उनीहरुलाई जबर्जस्ती करणीको मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया