ad ad

समाज


अमेरिकी सेनाको जासूस नियन्त्रणमा लिएको भेनेजुएलाका राष्ट्रपति मादुरोको दाबी

अमेरिकी सेनाको जासूस नियन्त्रणमा लिएको भेनेजुएलाका राष्ट्रपति मादुरोको दाबी

नेपालखबर
भदौ २७, २०७७ शनिबार ७:५,

पश्चिमी राज्य फाल्कनको तेल प्रशोधन केन्द्रमा इराकस्थित सीआइएको बेसमा कार्यरत एक अमेरिकी नौसेनालाई आफूहरुले नियन्त्रणमा लिएको मादुरोको भनाइ छ।

ती जासूसको साथबाट हतियार र ठूलो रकम हात पारिएको मादुरोले जानकारी दिएका छन्।

गत महिना मात्र भेनेजुएलाको अदालतले दुई पूर्व अमेरिकी सेनालाई २० वर्षको जेल सजाय सुनाएको थियो।

ती पूर्व सेनाले भेनेजुएलाका विद्रोहीलाई उक्साएर मादुरोलाई राष्ट्रपतिबाट हटाउने प्रयास गरेका थिए।

मादुरोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफूलाई हटाउने पक्षमा भएकाले उनले गत वर्ष अराजक समूह परिचालन गरेको आरोप लगाएका थिए। यद्यपी ती आरोपको अमेरिकाले खण्डन गरेको छ।

विपक्षीलाई भड्काएर अमेरिकाले भेनेजुएलाको तेलको स्रोत कब्जा गर्न खोजेको मादुरोको आरोप छ। अमेरिकाले भेनेजुएलाका मादुरोलाई राष्ट्रपतिको वैधानिकता दिएको छैन।

ट्रम्प विपक्षी नेता हुवा गोइदोलाई राष्ट्रपति मान्दछन् जसले मादुरोलाई चुनावमा धाँधली गरेको आरोप लगाएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .