ad ad

समाज


वडा प्रहरी कार्यालय नारायणगढका २६ जनामा कोरोना संक्रमण

वडा प्रहरी कार्यालय नारायणगढका २६ जनामा कोरोना संक्रमण

नेपालखबर
भदौ २७, २०७७ शनिबार ७:७,

वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा शुक्रबार र शनिबार मात्रै २२ जनामा कोरोना संक्रमण देखिएको हो। शनिबार बिहान आएको नतिजामा वडा प्रहरी कार्यालयका १० सहित ११ जना प्रहरीमा कोरोना पुष्टि भएको छ।

यस्तै शुक्रबार आएको नतिजामा वडाका १२ जना प्रहरीमा कोरोना संक्रमण देखिएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार वडा प्रहरी कार्यालयका प्रमुखसहित चार जनालाई गत साता कोरोना संक्रमण पुष्टि भएको थियो। योसँगै जिल्लामा ३९ जना प्रहरीमा कोरोना संक्रमण भएको छ। यसमध्ये पाँच जना निको भएर फर्किसकेका छन् भने अन्य ३४ जना आइसोलेसनमा छन्।

वडा प्रहरी कार्यालयमा ९५ जनाको दरबन्दी भएको भए पनि हाल कार्यरत ४१ मध्ये २६ जनामा कोरोना संक्रमण भएको हो। कार्यरत रहेकामध्ये अधिकांशलाई कोरोना संक्रमण भएसँगै कार्यालय सिल गरिएको छ। थापाका अनुसार वडाबाटै नमूना संकलन गरिएका अन्यको नतिजा आउन बाँकी रहेकाले संक्रमितको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .