ad ad

समाज


सुदूरपश्चिममा थप ७६ जनामा कोरोना पुष्टि, धनगढी उप-महानगरपालिकाका मात्रै ६७ जना

सुदूरपश्चिममा थप ७६ जनामा कोरोना पुष्टि, धनगढी उप-महानगरपालिकाका मात्रै ६७ जना

गोकुल जोशी
भदौ २८, २०७७ आइतबार ११:१५,

सुदूरपश्चिममा आइतवार थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र जिल्ला अस्पताल डोटीमा गरिएको परीक्षणमा थप ७६ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा आइतवार कैलाली, कञ्चनपुर र डडेल्धुराका ७३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनका अनुसार कैलालीको धनगढी उप–महानगरपालिकाका ६७ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका २ जना, बेलौरी नगरपालिका, कैलालीकै लम्कीचुहा नगरपालिका, गोदावरी नगरपालिका र डडेल्धुराको परशुराम नगरपालिकाका १-१ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा डडेल्धुराको अमरगढी नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले बताए।

जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा अछामको मंगलसेन नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले बताए।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ६ हजार ३ सय ३७ पुगेको छ। तीमध्ये ५ हजार ४ सय ७५ जना डिस्चार्ज भएका छन् भने ११ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .