नारायणगढ-मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ।
चितवनको इच्छाकामना गाउँपालिका-६ चोरखोलामा गए राति साढे १० बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
सोमबार दिउँसो सोही ठाउँमा गएको पहिरो पन्छाएर साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएको थियो । पुनः पहिरो खसेपछि दुइतर्फी नै सडक अवरुद्ध बनेको छ।
पानी परिरहेकाले पहिरो पन्छाउने काम शुरु गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए। पहिरोको कारण सडकको दुबैतिर सवारी साधनको लाम लागेको छ।
नारायणगढ–मुग्लिन सडकखण्डमै पर्ने भरतपुर महानरगपालिका–१ भतेरीमा पनि सालको रुख ढलेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
नारायणगढ–मुग्लिन सडकखण्डमा यस वर्षमात्रै दर्जनौँपटक पहिरो गएर सडक अवरुद्ध भएको छ।
प्रतिक्रिया