ad ad

समाज


जनकपुर–जयनगर रेल आफ्नै स्टेशन आइपुग्यो, भोलि जनकपुरमा हस्तान्तरण

जनकपुर–जयनगर रेल आफ्नै स्टेशन आइपुग्यो, भोलि जनकपुरमा हस्तान्तरण

शैलेन्द्र महतो
असोज १, २०७७ बिहिबार १५:२७,

सञ्चालनको तयारीमा रहेको नेपालको एक मात्र रेल नेपाल भारत सीमानजिक जयनगर आइपुगेको छ।

जनकपुर–जयनगर सञ्चालन हुने रेल बिहीबार साँझ भारतको जयनगरस्थित आफ्नै स्टेशनमा आइपुगेको हो।

भारतको सरकारी कम्पन्नी कोकण रेलवेज कर्पाेरेसन लिमिटेडसँग नेपाल सरकारले खरिद गरेको दुईसेट रेल शुक्रबार दिउँसो जनकपुरमा रेल विभागलाई कम्पनीले हस्तान्तरण गर्ने कार्यक्रम रहेको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए।

बिहीबार साँझ रेल जयनगर आएपछि हेर्न धनुषाको पूर्वी दक्षिणी क्षेत्रका स्थानीयहरु पुगेका थिए। आफ्नै ठाउँमा आउन लागेको रेल देखेर उनीहरु निकै हिर्षत भएका थिए।

Janakpur rail arriving 1

पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल सञ्चालनको निम्ति सम्पूर्ण संरचना तयारी अवस्थामा छ ।

दोश्रो चरणमा चल्ने भनिएको जनकपुरको कुर्थादेखि भंगहासम्म १७ किलोमिटरमा लिक बिछ्याउने, लिकमा कालो गिट्टी राख्ने तथा भौतिक संरचाना निर्माणको काम युद्धस्तरमा भइरहेको छ। रेल सेवा सञ्चालनका लागि कर्मचारी भर्ना लिन विभागले आवेदन आह्वान गरिसकेको छ।

भारतको जयनगर–जनकपुर तथा जनकपुरदेखि महोत्तरीको बिजुलपुरा हुँदै बर्दिवाससम्म ६९ किलोमिटर पर्छ। जसमध्ये जयनगरदेखि नेपाली सीमा इनरुवासम्म ३ किलोमिटर भारतीय भूमि रहेको छ।

वि.स. १९९४ सालमा जनकपुर–जयनगर रेल सेवा सुरु भएको थियो। अंग्रेजहरुले नेपालबाट काठ ढुवानी गर्न भारतको जयनगरदेखि बिजलपुरासम्म रेल चलाएका थिए।

पछि जनकपुरदेखि जयनगरसम्म मात्र रेल्वे सेवा सीमित भयो। पूर्वी क्षेत्रमा जनताका लागि एक मात्र यातायातको साधनको रुपमा रहेको जनकपुर जयनगर रेल्वे सेवा झण्डै ७ वर्षअघि बन्द भएको थियो। ब्रोडगेज रेल सेवा २०७५ को मंसिरदेखि नै सञ्चालन गर्ने तयारी गरेपनि विभिन्न कारणले अहिलेसम्म सञ्चालन हुन सकेको छैन।

याे पनि: 
जनकपुर-जयनगर चल्ने दुईसेट रेल भोलि जनकपुर आइपुग्ने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .