कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गर्नुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
शुक्रबार प्रदर्शनमा उत्रिएका युवा र प्रहरीबीचको झडपमा एक जना प्रदर्शनकारी घाइते भएका थिए। उनलाई उपचारका लागि बीर अस्पताल लगिएको थियो।
तर पुण्य गौतम, हेमराज थापा लगायतका युवा बीर अस्पतालमै गएर लफडा गर्न थालेपछि पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले बताए।
त्यसअघि वुद्धनगरमा भएको प्रदर्शनमा प्रहरीले लाठिचार्ज गर्दा मनिश श्रेष्ठ घाइते भएका थिए।
प्रतिक्रिया