काठमाडौंमा चोरीको आशंकामा पक्राउ परेका चारजना थुनुवा फरार भएका छन्।
महानगरीय प्रहरी बृत्तले बिहीबार राति पक्राउ गरेका चार जना रातिनै हतकडीसहित फरार भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले बताए।
प्रहरीले कालिमाटीबाट अनिल जैशवाल, अंशु जैसवाल, सुजित गुप्ता र रविन्द्र अग्रवाललाई मध्यराति पक्राउ गरेको थियो।
पक्राउ गरेपनि उनीहरुलाई हिरासतमा राखिएको थिएन। कोरोना परीक्षण नगर्दासम्म अन्य थुनुवासँग मिसाउने गरिएको छैन।
उनीहरुलाई कालिमाटी बृत्तमा राखिएको र ड्युटीमा रहेका प्रहरीको पनि कमजोरीका कारण थुनुवा भागेको एसपी राठौरले बताए।
दुईमध्ये एउटा हतकडी भने प्रहरीले फेला पारेको छ।
उनीहरुको खोजि भइरहेको छ।
प्रतिक्रिया