सिराहा कारागारका पाँच सय कैदीबन्दीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
कारागारमा हाल पाँच सय ९७ कैदीबन्दी र दुई आश्रित बालबालिका बस्छन्। ती मध्ये पाँच सयमा कोरोना संक्रमण देखिएको कारागार प्रशासनले जनाएको छ।
कारागार प्रमुख बबिता महतोका अनुसार शनिबारसम्म कारागारका कैदीबन्दी र थुनुवामध्ये १७ महिला र चार सय ८१ पुरुषमा संक्रमण पुष्टि भएको छ। त्यसैगरी डेढ र दुई वर्षका दुई बालबालिकामासमेत कोरोना संक्रमण देखिएको कारागार प्रमुख महतोले जानकारी दिइन्।
संक्रमित महिला पुरुषलाई छुट्टाछुट्टै ठाउँमा राखिएको छ।
साउनमा चोरी, ज्यान मार्ने उद्योगअन्तर्गत अदालतको आदेशमा पुर्पक्षका लागि कारागार पठाइएका लहान, धनगढी र भगवानपुरका चारजनाबाट थुनुवाबाट कारागारमा कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ।
प्रतिक्रिया