ad ad

समाज


पत्रकार कुटपिट घटनाको अध्ययनका लागि महासंघको टोली धनगढीमा

पत्रकार कुटपिट घटनाको अध्ययनका लागि महासंघको टोली धनगढीमा

नेपालखबर
असोज ४, २०७७ आइतबार १६:१०,

धनगढीस्थित दिनेश सञ्चारगृहमा भएको घटनासम्बन्धमा स्थलगत अध्ययनका लागि नेपाल पत्रकार महासंघको टोली आज धनगढी आइपुगेको छ।

समाचारका विषयलाई लिएर केही दिनअघि १५/२० जनाको एक समूहले सञ्चारगृहमा प्रवेश गरी पत्रकारमाथि कुटपिट गरेको घटनाको अध्ययन गर्न पत्रकार महासंघका महासचिव रमेश विष्ट नेतृत्वको टोली धनगढी आइपुगेको पत्रकार महासंघ कैलालीका कोषाध्यक्ष हिमाल जोशीले जानकारी दिए।

विष्ट नेतृत्व टोलाीले आज पत्रकार महासंघ कैलाली शाखा कार्यालयमा आयोजित भेटघाट तथा छलफल कार्यक्रममा घटनाको अवस्थाका बारेमा उपस्थित सहभागीसँंग जानकारी तथा सुझाव लिएको बताइएको छ।

‘टोलीले मानव अधिकार आयोगसंँग यस घटनाका अवस्थाबारेमा बुझ्नेछ’, जोशीले भने, ‘त्यसपछि घटनास्थल दिनेश सञ्चारगृहमा गएर वास्तविक घटनाका बारेमा जानकारी लिने छ।’

घटनाका सम्बन्धमा टोलीले स्थलगत रूपमा अध्ययन गरी पीडित पक्ष, स्थानीय प्रशासन, प्रहरी, सरोकार पक्ष, पत्रकारलगायतसँग छलफल गरी सत्यतथ्य सार्वजनिक गर्ने महासंघले जनाएको छ। महासचिव विष्टको नेतृत्व रहेको टोलीमा सचिव रामप्रसाद दाहाल, सुदूरपश्चिम प्रदेशका केन्द्रीय सदस्य, प्रदेश अध्यक्ष, कैलाली अध्यक्षलगायत सहभागी भएको बताइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .