ad ad

समाज


बौद्धबाट रक्तचन्दनसहित चार कारोवारी पक्राउ

बौद्धबाट रक्तचन्दनसहित चार कारोवारी पक्राउ

नेपालखबर
असोज ६, २०७७ मंगलबार ७:३३,

प्रहरीले काठमाडौँको बौद्धबाट चार रक्तचन्दन कारोवारीलाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाको टोलीले आइतबार काठमाडौँको बौद्धस्थित बुद्धभूमि टोलबाट रक्तचन्दनसहित चार जनालाई पक्राउ गरेको मंगलबार जानकारी दिएको छ।

पक्राउ पर्नेमा नुवाकोटको किस्पाङ घर भई  हाल बौद्ध तीनचुले बस्ने १८ वर्षीय सुनिल तामाङ, सोही स्थानका २८ वर्षीय ओमबहादुर तामाङ, काभ्रेको तिमाल घर भई ललितपुर बस्ने २९ वर्षीय कर्नेस तामाङ र सिन्धुपाल्चोकको हेलम्बु घर भई बौद्ध तीनचुले बस्ने ४२ वर्षीय लाक्पा लामा रहेका छन्।

तीनचुले बुद्धभूमि टोलमा रहेका डमरु फर्निचर काराखानाबाट रक्तचन्दनको अवैध कारोबार भइरहेको विशेष सूचनाका आधारमा गएको महाशाखाको टोलीले फर्निचर कारखानाभित्र रहेको सुनिल तामाङको कोठाबाट १६ र ५ गरी २१ केजीका २ वटा रक्तचन्दनका मुढा बरामद गरेको हो। उक्त रक्तचन्दन १ लाख ८६ हजार १५० रुपैयाँ बराबरको रहेको महाशाखाले जनाएको छ।

पक्राउ परेको रक्तचन्दन र व्यक्तिहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौँमा सोमबार बुझाइसकेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .