ad ad

राजनीति


आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय, इजरायलसँग सम्झौता गर्न अख्तियारी

आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय, इजरायलसँग सम्झौता गर्न अख्तियारी

नेपालखबर
असोज ६, २०७७ मंगलबार ७:२५,

सरकारले कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।

‘उहाँको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र त्यसक्रममा भएको खर्च सरकारले व्यहोर्नेछ,’ परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले नेपालखबरसँग भने।

सबैभन्दा पहिले १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका शेर्पाको सोमबार बिहान ७२ वर्षको उमेरमा निधन भएको थियो।

सरकारले इजरायलसँग केयर गिभरको रुपमा त्यहाँ काम गर्न जाने कामदारसम्बन्धी सम्झौता गर्न अख्तियारी दिने निर्णय पनि गरेको छ।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको कार्यकाल बैशाखसम्मका लागि थपेको छ।

सो युनियनले असोज २४ गते चुनाव गर्नुपर्ने प्रावधान रहेकोमा सरकारले हाललाई युनियनको निर्वाचनका सबै प्रक्रिया स्थगित गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .