ad ad

समाज


डा. केसीलाई जबर्जस्ती ट्रमा सेन्टर लगियो (भिडियाे)

डा. केसीलाई जबर्जस्ती ट्रमा सेन्टर लगियो (भिडियाे)

नेपालखबर
असोज ६, २०७७ मंगलबार ८:३९,

काठमाडौंमै अनसन बस्ने भनी जुम्लाबाट आएका डा. गोविन्द केसीलाई प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज जान नदिई नेसनल ट्रमा सेन्टर लगेको छ।

डा. केसीलाई प्रहरीले उनको चाहनाविपरित जबर्जस्ती त्यसतर्फ लगेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै जुम्लामा अनसन बसेका डा. केसी बुद्ध एयरको नियमित उडानमार्फत् नेपालगञ्जबाट काठमाडौं आएका हुन्।

‘केसीको आन्दोलनमा सहभागी डा. प्रितम सुवेदीका अनुसार डा. केसीले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा बसी सत्याग्रहलाई जारी राख्न चाहेका हुन्।

शिक्षण अस्पतालमै वरिष्ठ हाडजोर्नी विज्ञ रहेका केसीले गतवर्ष सेवाबाट अवकास पाएका हुन्।

डा. केसीले नेपालको चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै केहि वर्षदेखि निरन्तर आमरण अनसन बस्ने गरेका छन्।

यो उनको १९औं अनसन हो।

यसअघि सरकारले उनका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै उनीसँग बिभिन्न पटक सहमति गरेको छ। सरकारले ती सहमति कार्यान्वयन नगरेको भन्दै केसी पटक पटक अनसन बस्ने गरेका हुन्।

भिडियाे: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .