ad ad

समाज


गुल्मीमा पहिरोमा पुरिएर दुईको मृत्यु, एक घाइते

गुल्मीमा पहिरोमा पुरिएर दुईको मृत्यु, एक घाइते

नेपालखबर
असोज ६, २०७७ मंगलबार ८:३०,

गुल्मीको इस्मा गाउँपालिका –२ हस्तीचौर, रातचौर, स्यालाको पहिरामा पुरिएर दुई जनाको मृत्यु भएको छ।

सोमबार राति गएको पहिरामा पुरिएर बेपत्ता बनेका दुई जना मंगलबार बिहान मृतावस्थामा फेला परेका छन्।

इस्मा गाउँपालिका –२ रातामाटाका ३९ वर्षीय प्रेमबहादुर कुमाल र पाँच वर्षीय सफल कुमालको शव आज बिहान नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पहिराबाट निकालेको सशस्त्र प्रहरी बल गुल्मीका प्रहरी नायब उपरीक्षक अशोककुमार लम्सालले जानकारी दिए।

सडकमा हिँड्दै गरेका अवस्थामा सडकमाथिबाट ठूलो पहिरो खस्दा दुवै पहिरामा पुरिएर बेपत्ता बनेका थिए। घटनामा स्थानीयवासी तिलक कुमाल घाइते भएका छन्। सोमबार अपराह्न उक्त क्षेत्रमा ठूलो पानी परेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .