पाल्पाको राम्भा गाउँपालिका २ मा छुट्टा–छुट्टै स्थानमा आएकाे पहिरोले दुई घर पुर्दा एक जनाको मृत्यु भएको छ भने ५ जना हराइरहेका छन्।
रम्भा गाउँपालिका–२, सुरुङडाँडाका वीरबहादुर गाहाको घर बिहीबार बिहान पहिरोले पुर्दा उनकी २७ वर्षीया श्रीमती मोतिसरा गाहाको घटनास्थलमै मृत्यु भएको हो। मोतिसरा ८ महिनाकी गर्भवती रहेकी थिइन्।
पहिरोमा पुरिएका वीर बहादुरका छोरा, छोरी र भान्जी गरी तीन जनाको उद्धार गरिएको छ।
यस्तै फोक्सिङकोटमा एकै परिवारका ५ जना बेपत्ता भएका छन्। पाल्पाका डीएसपी मदन गिरीका अनुसार हुम्मबहादुर गाहाको घर पुरिँदा उनीसहित उनकी श्रीमती धनिसरा, छोरी कृष्णमाया, नातिनीहरु खुविसरा र लक्ष्मी आले बेपत्ता छन्।
उनीहरुको खोजी भइरहेको डीएसपी गिरीले बताए।
प्रतिक्रिया