राजधानीका बबरमहल र बसुन्धरामा चोरी भएको छ।
काठमाडौं प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३ बसुन्धरास्थित बेनो क्याफे एण्ड रेष्टुरेण्ट र हिंउचुली वचत तथा ऋण सहकारी संस्थामा चोरी भएको छ।
बुधबार भएका यी दुई ठाउँमा करिब १३ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।
क्याफेबाट १ थान ल्यापटप र २ थान विभिन्न ब्रान्डका मदिरा तथा हिउचुली सहकारी संस्थाबाट नगद १२ लाख ५० हजार रुपैयाँ, एउटा ल्यापटप र एउटा सिसी क्यामराको हार्डडिस्क समेत चोरी भएको हो। क्यामराले खिचेका दृष्य र सूचना रहने हार्डडिस्क नै उनीहरुले लगेका छन्।
यसैगरी काठमाडौं महानगरपालिका ११ बबरमहलस्थित इको सिस्टम एण्ड एडोप्टेसन आयोजनाको कार्यालयबाट २ वटा ल्यापटप चोरी भएका छन्। यी दुवै ठाउँका चोरीमा संलग्न व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया