ad ad

समाज


आरतीका हत्यारा ५ वर्षपछि पक्राउ

आरतीका हत्यारा ५ वर्षपछि पक्राउ

नेपालखबर
असोज ८, २०७७ बिहिबार ११:३३,

सुनसरीको इटहरी नगरपालिका ४ की आरती परियारका हत्यारा पक्राउ परेका छन्। ललितपुरको चापागाउँ बस्ने २६ वर्षीय आरतीको २०७२ साल वैशाख १५ गते हत्या भएको थियो।

उनको हत्यामा संलग्न रहेको अभियोगमा महानगरीय प्रहरी अपराध महाशाखाले बिहीबार सिराहको विष्णुपुर गाउँपालिका ५ लक्ष्मीपुराका रविकुमार यादवलाई पक्राउ गरेको हो। महाशाखाका प्रवक्ता एसपी इश्वर कार्कीका अनुसार उनलाई मैतीदेविबाट पक्राउ गरिएको हो।

२४ वर्षीय यादवले घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोप छ। घटनापछि उनी भारतको बैङ्लोर बस्दै आएका थिए। केही दिन पहिले काठमाडौं आएको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको एसपी कार्कीले बताए।

थप कारबाहीका लागि यादवलाई चापागाउँ प्रहरी वृत्तमा पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .