ad ad

समाज


चिनियाँ संचारमाध्यमलाई भारतले पहिले गोली चलाउँछ भन्ने त्रास

चिनियाँ संचारमाध्यमलाई भारतले पहिले गोली चलाउँछ भन्ने त्रास

नेपालखबर
असोज ११, २०७७ आइतबार ८:२२,

तर दुई देशका संचारमाध्यमले भने तनावपूर्ण खबरहरु सार्वजनिक गरिरहेका छन्।

यसबीचमा चिनियाँ सरकारको मुखपत्रको रुपमा रहेको सरकारी पत्रिका ग्लोबल टाइम्सले एक रिपोर्ट सार्वजनिक गर्दै सीमानामा भारतीय पक्षले पहिले गोली चलाउनसक्ने बताएको छ।

भारतीय पक्षले गोली चलाए त्यसले असहनीय परिणामहरु निम्त्याउनसक्ने पत्रिकामा बताइएको छ।

भारतीय संचारमाध्यममा हालै भारतीय पक्षले सीमामा सेनाहरु बढाएर तैनाथ गरेको खबरहरु सार्वजनिक गरेका थिए। चिनियाँ सेनाले सीमामा उत्तेजित गतिविधि संचालन गरे भारतीय सेनाले गोलीबाट जवाफ फर्काउन आदेश पाइसकेको समाचारहरुमा बताइएको थियो।

यो पनिः अक्सिजन अभाव हुने क्षेत्रमा तैनाथ चीन र भारतका सेना जाडोमा उत्पन्न हुने खतराको तयारी गर्दै

भारतीय सेनालाई गोली चलाउन अनुमति दिनाले तनाव झनै बढ्ने र भारतका लागि यसले खतरनाक परिणाम निम्त्याउने ग्लोबल टाइम्समा बताइएको छ।

ग्लोबल टाइम्समा लेखिएको छ,‘दुवै देशबीच सैन्य कमाण्डरस्तरीय वार्ताहरु भइरहेका छन्। दुवै सेनाले विवादित क्षेत्रमा थप सेना नबढाउने सम्झौता गरेका छन्। तर भारत आफ्नो वादा र इमानदारीता पछ्याइरहेको छैन जसले तनाव झनै बढाउँदै गएको छ।’

उक्त पत्रिकामा चीनले भारतको रणनीतिलाई बुझेर सतर्क हुनुपर्ने र आगामी दिनमा हुनसक्ने सम्भावित टकरावको लागि तयार हुनुपर्ने बताइएको छ।

हालैमात्र भारतीय सेनाले आफ्ना सेना जाडोमा उत्पन्न हुने खतराको लागि तयार भएको बताएको छ। लद्दाख नजिकको सीमा नजिक तैनाथ हजारौं सेनाका लागि खाद्यान्न तथा अन्य आवश्यक सामग्री उपलब्ध गराइसकिएको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .