ad ad

समाज


सशस्त्र प्रहरीलाई देख्नासाथ लाखौंको सामान छोडेर फरार

सशस्त्र प्रहरीलाई देख्नासाथ लाखौंको सामान छोडेर फरार

नेपालखबर
असोज ११, २०७७ आइतबार १३:४६,

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–९ स्थित सीमा ईलाकाबाट गस्तीमा रहेको सशस्त्र प्रहरी टोलीलाई देख्नासाथ करीब सात लाख ६० हजार रुपैयाँ बराबरको चोरी पैठारीको सामान छोडेर एक व्यक्ति फरार भएका छन्।

ती व्यक्तिले भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा एपीएफ टाेलीलाई देख्नासाथ छाेडेर भागेकाे सशस्त्रले जनाएको छ। सशस्त्रले उक्त सामान बरामद गरी त्रिनगर भन्सार कार्यालयलाई बुझाएको जनाएको छ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बंग्राकटानबाट खटिएको एपीएफ टोलीले सामान बरामद गरेको हो।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले करीब एक लाख ६५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको भेट्नरीका सामानहरु बरामद गरेको छ।

भन्सार छली अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान एपीएफ टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित भण्टावारी चोकबाट बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय कोशी व्यारेजमा बुझाईएको छ।

 लागु औषधसहित पक्राउ
यता, सिरहा जिल्लाको औरही गाउँपालिका १ स्थित दरैयाबाट एपीएफ टोलीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही जिल्लाको गोलबजार नगरपालिका ६ बस्ने २३ वर्षीय राजु शर्मा छन्।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरियारपट्टिबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्राभेट ३० पत्ता र स्पास्मो प्रोक्सिभन ६ पत्ता फेला परेपछि पक्राउ गरिएको हो।पक्राउ परेका निज शर्मालाई बरामद लागु औषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ।

यसैगरी सर्लाही जिल्लाको मलंगवा नगरपालिका ५ स्थित भाटसार ईलाकाबाट असोज ११ गते एपीएफ टोलीले ५० बोतल डाईलेक्स डिसी नामक लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही जिल्लाको मलंगवा नगरपालिका २ बस्ने ३० वर्षीय दिने पासवान छन्।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागु औषध फेला परेपछि पक्राउ गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .