ad ad

समाज


बोलेरोको ठक्करले महिलाको मृत्यु

बोलेरोको ठक्करले महिलाको मृत्यु

नेपालखबर
असोज १३, २०७७ मंगलबार १६:१,

शिवसताक्षी नगरपालिका– ८ स्थित पूर्वपश्चिम राजमार्गमा आज साँझ बोलेरो जीपले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा सोही स्थानकी ४० वर्षीया कमला चापागाईँको मृत्यु भएको हो।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ११ च ५९९० नंको जीपले ठक्कर दिएपछि गम्भीर घाइते भएकी चापागाईँलाई बिर्तामोडको बिएन्डसी हस्पिटलमा लगिएकामा उपचारका क्रममा साँझ ७ः३५ बजेतिर निधन भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए।

प्रहरीले जीप र चालक अमृतबहादुर योङ्हाङलाई नियन्त्रणमा लिएको जनाइएको छ। शव अहिले अस्पतालमै राखिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .