कैलालीमा मृत्यु पछि एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी गोदावरी नगरपालिका–१२ की ३० वर्षीय महिला कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।
बुधवार बिहान निमोनियाको समस्या लिएर अस्पताल पुगेकी ती महिलाको राति ८ बजे मृत्यु भएको थियो।
‘निमोनियाको समस्या लिएर अस्पतालमा आउनु भएको थियो। राती ८ बजेतिर मृत्यु भयो’ अस्पतालका सूचना अधिकारी श्रेष्ठले भने, ‘हामीले स्वाब लिएका थियौँ, परीक्षण गर्दा कोरोना पनि पुष्टि भएको छ।’
मृतकको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ।
प्रतिक्रिया