ad ad

समाज


कलंकीबाट ठूलो मात्रामा म्याद सकिएका सामग्री बरामद, ५ जना पक्राउ

कलंकीबाट ठूलो मात्रामा म्याद सकिएका सामग्री बरामद, ५ जना पक्राउ

नेपालखबर
असोज १५, २०७७ बिहिबार १४:१०,

प्रहरीले काठमाडौंको कलंकीबाट ठूलो मात्रामा म्याद सकिएको स्निकर, प्रिङ्गर्स, ट्याङ र ओरियो बिस्कुट बरामद गरेको छ। दुई वटा पसलबाट ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले आइएन डिस्ट्रिब्यूटर्सका सञ्चालक रौनक गोथ्रालाई बाफल र पुस्पादेवी अग्रवाललाई पुतलीसडकबाट पक्राउ गरेको छ। आइएन डिस्ट्रिब्यूटर्सका स्टोर किपर रौतहटका पप्पु शर्मा, महोत्तरीका श्याम प्रसाद सिंह र रौतहटका मुन्ना ठाकुर पनि पक्राउ परेका छन्।

myad-nagheko-.jpg

महानगरीय अपराध महाशाखाले आईएन डिस्ट्रिव्यूर्टसबाट म्याद सकिएको सामग्रीमा नयाँ स्टिकर टाँस गर्दै बजार पठाउने तयारी भइरहेका बेला बिहीबार दिउँसो सामग्री बरामद गरेको हो।

५ वटा कोठामा राखिएका सामग्रीमा धमाधम नयाँ स्टिकर टाँसिरहेको सूचना पाएपछि प्रहरीले तत्काल सिल गरेको थियो।

वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभाग, जिल्ला प्रशासन कार्यालय र अपराध महाशाखाको टोलीले आवश्यक प्रक्रिया पुर्‍याएर सामग्री बरामद गरेको महाशाखाका प्रमुख एसएसपी दीपक थापाले बताए।
स्टिकर तयार गर्ने मेसिन समेत प्रहरीले बरामद गरेको छ।

stiler-machine.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .