ad ad

समाज


कोरोनाबाट ६ वर्षे बालकको मृत्यु भएपछि अभिभावकले शव छाडेर हिँडे

कोरोनाबाट ६ वर्षे बालकको मृत्यु भएपछि अभिभावकले शव छाडेर हिँडे

शैलेन्द्र महतो
असोज १८, २०७७ आइतबार १६:१८,

धनुषामा कोरोना संक्रमणबाट एक बालकको ज्यान गएको छ।

धनुषाको शहीदनगर नगरपालिका ६ का ६ वर्षीय ती बालकको उपचारको क्रममा असोज १५ गते मृत्यु भएको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत गणेश मिश्रले पुष्टि गरेका छन्।

निमोनिया भएपछि गएको असोज ६ गते प्रादेशिक अस्पतालमा भर्ना गरि सोही दिन स्वाब संलकन समेत गरिएको थियो। अवस्था गम्भीर भएपछि त्यहि दिन बालकलाई थप उपचारको लागि बिराटनगर स्थित टिचिंग अस्पतालमा रेफर गरिएको थियो।

असोज ९ गते बालकको स्वाब रिपोर्ट पोजेटिभ आएको थियो। प्रशासकीय अधिकृत मिश्रका अनुसार बालकको उपचारको क्रममा गएको १५ गते मृत्यु भएपछि उनका घरपरिवार शव छाडेर भागेका थिए।

नेपाली सेनाले बालकको शवलाई शनिबार बिराटनगरबाट ल्याएर आइतबार बालककै गाउँ सहिदनगर नगरपालिका ६ स्थ्ति बर्बता पोखरी नजिकमा व्यवस्थापन गरेको मिश्रले बताए।

धनुषामा कोरोनाबाट बालकको मृत्यु भएको यो पहिलो घटना हो। योसँगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .