ad ad

समाज


महाकाली अस्पतालका दुई स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, भाेलि ल्याब बन्द

महाकाली अस्पतालका दुई स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, भाेलि ल्याब बन्द

गोकुल जोशी
असोज १९, २०७७ सोमबार १४:३०,

कञ्चनपुरमा दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।

महाकाली अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। अस्पतालका दुई ल्याब टेक्नाेलाेजिष्टलाई कोरोना संक्रमण पुष्टि भएको मेडिकल रेकर्डर सुपरभाइजर नारद भट्टले बताए। संक्रमण पुष्टि हुनेमा एक महिला र एक पुरुष छन्।

यस्तै आन्तरिक कर कार्यालय महेन्द्रनगरमा कार्यरत एक कर्मचारीमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड–१९ फोकल पर्सन सिद्धराज भट्टले बताए।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार कञ्चनपुरमा चार जनामा संक्रमण पुष्टि भएको हो। तीमध्ये दुई जना महाकाली अस्पतालका स्वास्थ्यकर्मी हुन् भने एक जना आन्तरिक कर कार्यालयका कर्मचारी हुन्। एक अर्का पुनर्वास नगरपालिकाका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

यसैबीच महाकाली अस्पतालको ल्याबबाट प्रवाह गरिने सेवा एक दिनका लागि बन्द गरिएको छ। अस्पतालको ल्याबमा कार्यरत दुई जना स्वास्थ्यकर्मी कोरोना संक्रमण देखिएपछि ल्याबबाट प्रवाह गरिने सेवा एक दिनका लागि बन्द गरिएको निमित्त मेडिकल सुपरिन्टेण्डेण्ट डा. हरिकुमार श्रेष्ठले बताए।

ल्याबकक्षमा सेनिटाइजेसन गर्नुपर्ने भएकाले असोज २० गते एक दिनका लागि ल्याबबाट प्रवाह गरिने सेवा बन्द गरिएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .