ad ad

समाज


बझाङमा बलात्कारको घटना पाँच सयमा मिलापत्र गराउने ६ जना पक्राउ

बझाङमा बलात्कारको घटना पाँच सयमा मिलापत्र गराउने ६ जना पक्राउ

गोकुल जोशी
असोज २०, २०७७ मंगलबार ६:४३,

बझाङमा बलात्कारको घटना मिलापत्र गराउने ६ जना पक्राउ परेका छन्।

जिल्लाको मष्टा गाउँपालिका–२ खिकालामा बलात्कारको घटना गाउँमै मिलापत्र गरेर ढाकछोप गर्ने ६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी रुपक खड्काले बताए।

खिकालामा गत साउन २९ गते  १३ वर्षीया बालिकालाई घट्ट गएका बेला स्थानीय १८ वर्षीय राजेन्द्र बोहराले बलात्कार गरेका थिए। उक्त घटना गाउँमै मिलापत्र गरेर ढाकछोप गरेको भन्दै स्थानीय झलक दमाई, लालबहादुर बोहरा, धनचढी बोहरा, धमकला दमाई, पिरु दमाई र गल्फे बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

असोज ७ गते खिकालाकै १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या घटनामा  बोहरा पक्राउपछि  उनले यसअघि पनि बलात्कार गरेकाे खुलेकाे हाे। 

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार साउन २९ गते बोहराले ती बालिकालाई बलात्कार गरेकाे र त्यसकाे पर्सिपल्ट साउन ३१ गते आफन्तहरूसँग बसेर छरछिमेकीहरुले मिलापत्र गरेका थिए। बोहराले गल्ती भएको भन्दै ५०० रुपैयाँ राखेर पीडित बालिकाको खुट्टा ढोग्न लगाई उनीहरुले मिलापत्र गरिएको बताइएको छ।

बलात्कारजस्तो जघन्य अपराध गाउँघरमै मिलापत्र गरेर ढाकछोप गरिएको भन्दै प्रहरी ६ जनालाई पक्राउ गरेको छ। उनीहरूमाथि थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .