ad ad

समाज


बेलायतमा कोरोना संक्रमितहरुले मिलेर आयोजना गरे ‘कोरोना पोजिटिभ’ पार्टी!

बेलायतमा कोरोना संक्रमितहरुले मिलेर आयोजना गरे ‘कोरोना पोजिटिभ’ पार्टी!

नेपालखबर
असोज २१, २०७७ बुधबार ११:३९,

म्यानचेस्टर शहरको फालोफिल्ड क्याम्पसमा हालै २० भन्दा बढी कोरोना संक्रमित विद्यार्थीले पार्टीको आयोजना गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

उक्त पार्टीमा कोरोना नलागेका मानिसलाई भने उपस्थित हुन बन्देज गरिएको थियो।

कोरोना प्रकोपसँगै विश्वभर मानिसलाई भिडभाड नगर्न भनिएको छ, पार्टी तथा रमाइला कार्यक्रममा बन्देज लगाइएको छ। मास्क लगाउन भनिएको छ भने व्यक्ति–व्यक्तिबीचको दुरीको नियम पालना गर्न भनिएको छ।

Students in Manchester hold 'Covid Positive' parties – The State

तर फालोफिल्ड क्याम्पस भित्र विद्यार्थीहरुले कोरोनाविरुद्धको नियम केही पालना नगरी रमाइलो कार्यक्रम गरेको पाइएको हो।

शनिबार ती विद्यार्थीहरुले कोरोनाविरुद्धको उपाय अवज्ञा गर्दै पार्टी गरेको पाएपछि सुरक्षाकर्मीहरुले पार्टीमै गएर सबैलाई नियन्त्रणमा लिएको थियो। द गार्जियन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .