ad ad

समाज


सरकार र डा. केसीका प्रतिनिधि सहमतिनजिक, छिट्टै वार्तामा बस्ने तयारी

सरकार र डा. केसीका प्रतिनिधि सहमतिनजिक, छिट्टै वार्तामा बस्ने तयारी

नेपालखबर
असोज २३, २०७७ शुक्रबार ११:३६,

सरकार र आमरण अनसनमा बसेका डा गोबिन्द केसीका प्रतिनिधिहरुबीच आज शुक्रबार दोस्रो दिनको वार्ता सुरु हुने भएको छ।

शिक्षा मन्त्रालयमा बिहीबार दुई चरणमा गरेर ६ घण्टा वार्ता गरेपछि दुवै टोलीले सहमतिको प्रस्तावहरु तयार गरेका थिए।

वार्ता टोलीले तयार गरेको सहमतिको आधारबारे थप छलफल गर्न सरकारी टोली प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी जानकारी गराएको थियो।

‘सरकारी वार्ता टोलीले अहिले केही समयमा वार्ता गर्ने जनाएको छ। उहाँहरु हाम्रो सम्पर्कमा हुनुहुन्छ,’ केसीको वार्ता टोलीका सदस्य ओमप्रकाश अर्यालले भने, ‘हिजो तयार गरेकै आधारमा हामी सहमतिको नजिक पुगेका छौं। अन्य कुरा सरकारी वार्ता टोलीसँग भेट भएपछि स्पष्ट हुन्छ।’

चिकित्सा शिक्षाको सुधारको माग गर्दै केसी २६ दिनदेखि अनसनमा रहेका छन्। यो १९औं पटकको अनसन उनले जुम्लाबाट सुरु गरेका हुन्।

अनसनरत् डा. केसी सोलिडारिटी एलाइन्सले आज शुक्रबार बेलुका ४ बजेसम्म प्रधानमन्त्रीले केसीका प्रतिनिधिलाई वार्तामा नबोलाए आन्दोलन चर्काउने चेतावनी दिएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले केसीका माग र उनको बिग्रदो स्वास्थ्यप्रति गम्भीरता नदेखाएको भन्दै आन्दोलन चर्काउने चेतावनी दिएका हुन्।

‘प्रधानमन्त्री ओलीले सत्याग्रहीलाई मृत्युसैयामा छाडेर बार्ता बिलम्ब गराइरहेका छन। हाम्रो धैर्यताको बाँध अब टूटने अवस्थामा छ,’ सो एलायन्सले भनेको थियाे, ‘बेलुका ४ बजे सम्ममा बार्तामा नबोलाईए थप आन्दोलन चर्काउने छौै।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .