ad ad

कारोबार


पासवर्ड परिवर्तन गर्नु नियमित प्रक्रिया हो : इ–सेवा

पासवर्ड परिवर्तन गर्नु नियमित प्रक्रिया हो : इ–सेवा

नेपालखबर
असोज २३, २०७७ शुक्रबार ११:२७,

मुलुकको अग्रणी मोबाइल वालेट कम्पनी इ–सेवाले ग्राहकको अकाउन्टको पासवर्ड परिवर्तन गर्नु सामान्य प्रक्रिया भएको जनाएको छ।

इ–सेवाले पासवर्ड परिवर्तन गर्न जारी सूचनालाई लिएर विभिन्न प्रतिक्रिया आइरहेको बेला प्रत्येक ग्राहकको आफ्नो अकाउन्ट सुरक्षित राख्न बेलाबेला पासवर्ड परिवर्तन गर्नु सामान्य प्रक्रिया भएको जनाएको हो।

‘पासवर्ड परिवर्तन गर्नु भन्ने सामान्य प्रक्रिया हो’, नेपालखबरसँग इ–सेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुवास सापकोटाले भने, ‘ह्याकिङ वा अन्य समस्या केही भएको छैन।’

पछिल्लो केही दिनमा ग्राहक सेवा केन्द्रमा ‘एकाउन्टमा एक्सेस’ भयो र ‘मेरो ब्यालेन्स चल्यो’ भन्ने दुई/चार गुनासो आएपछि उक्त आफ्ना ग्राहकलाई उक्त जानकारी गराएको सापकोटाले बताए।

esewa pw suchana

‘केही गुनासोपछि हामीले अनुसन्धान गर्दा कतै सर्ट भएको छ कि भन्ने लागेर समस्या पहिचान गर्नको लागि ग्राहकलाई पासवर्ड परिवर्तन गर्न जानकारी गराएको हो’, सापकोटाले भने।

इ–सेवाले यस सम्बन्धमा सूचना जारी गरेर इ–सेवा ह्याक भयो भन्ने गलत तथा भ्रामक जानकारी फैलिएको बताएको छ।

‘विभिन्न फिसिङ स्काम सञ्चालन गरी संकलन गरिएको डाटा तथा सामाजिक सञ्जाल र अन्य स्रोतहरुबाट उपलब्ध डाटाहरुको दुरुपयोग गरी हाम्रा केही ग्राहकसँग सम्बन्धित वितरणमा अनधिकृत पहुँच स्थापना गरेको जानकारीमा आएको हुनाले पूर्वसावधानीको लागि वेब ब्राउजरबाट इ–सेवा प्रयोग गर्ने ग्राहकलाई पासवर्ड परिवर्तन गर्न अनुरोध गरिसकेका छौँ’, इ–सेवाको सूचनामा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .