ad ad

समाज


काठमाडौंको टोखामा मात्रै १३ सय संक्रमित, जसमध्ये २२ जना कहाँ छन्?

काठमाडौंको टोखामा मात्रै १३ सय संक्रमित, जसमध्ये २२ जना कहाँ छन्?

नेपालखबर
असोज २४, २०७७ शनिबार ३:४३,

काठमाडौंको टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ३०० नाघेको छ। उत्तरी क्षेत्रमा रहेको टोखामा शुक्रबार ६६ सङ्क्रमित थपिएसँगै कूल सङ्ख्या १ हजार ३०१ पुगेको हो।

सबैभन्दा थोरै वडा नं १ मा २८ र सबैभन्दा धेरै वडा नं ८ मा १५६ सङ्क्रमित भेटिएका छन्। टोखामा ११ वडा छन्।

यस्तै, वडा नं १ मा २८, २ मा ६२,  वडा ३ मा १५२, ४ मा ६३, ५ मा १३६, ६ मा १३३, ७ मा १५५, ८ मा १५६, ९ मा ८७, १० मा १०४ र ११ मा ९८ सङ्क्रमित भेटिएका हुन्।

यस्तै विभिन्न ठाउँमा बसोबास गरेका र टोखा नगरपालिकामा पीसीआर परीक्षण गरेका १ सय २७ सङ्क्रमित फेला परेका छन्। हालसम्म फेला परेकामध्ये ७३६ पुरुष र ५६५ महिला रहेका छन्।

कोरोना सङ्क्रमितमध्ये ८०७ जना निको भएर घर फर्किसकेका छन् भने ४८९ जना सक्रिय सङ्क्रमित छन्। सक्रिय सङ्क्रमितमध्ये ४११ होम आइसोलेसन र ५६ बिरामी उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत रहेकाे नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले राससलाई जानकारी दिए। जसमध्ये २२ जना अहिलेसम्म सम्पर्कविहीन छन्।

टोखामा हालसम्म कोरोना सङ्क्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ। मृत्यु भएकामध्ये वडा नं ४ मा एक, ६ मा एक, ८ मा एक र ९ मा दुई जना छन्। नगरपालिकाले कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा १७ शय्याको आइसोलेसन सेन्टर स्थापना गरेर बिरामीको उपचार गरिरहेकाे छ।

नगरपालिकामा कोरोना सङ्क्रमितको दर बढेसँगै उक्त आइसोलेसन सेन्टरको समेत स्तरोन्नति गरिने नगरप्रमुख प्रकाश अधिकारीले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .