ad ad

समाज


कर्मचारी आन्दोलनमा उत्रिएपछि १३ दिनदेखि जानकी मेडिकल कलेजमा आकस्मिक बाहेकका सबै सेवा ठप्प

कर्मचारी आन्दोलनमा उत्रिएपछि १३ दिनदेखि जानकी मेडिकल कलेजमा आकस्मिक बाहेकका सबै सेवा ठप्प

शैलेन्द्र महतो
असोज २४, २०७७ शनिबार ११:५०,

विगतमा पटक–पटक भएका सहमति कार्यान्वयन नगरेको भन्दै धनुषाको रमदैयास्थित जानकी मेडिकल शिक्षण अस्पतालका कर्मचारीहरु आन्दोलनमा उत्रेका छन्।

उनीहरु आकस्मिक बाहेकका सम्पूर्ण सेवा ठप्प गरी १३ दिनदेखि धर्नामा बसेका हुन्।

६ वर्षदेखिको सञ्चयकोषको हरहिसाब, ५ वर्षदेखिको दशैं खर्च र नियमित तलबभत्ता दिनुपर्ने लगायतको माग रख्दै कर्मचारीहरु असोज १३ गतेदेखि धर्ना बसेको संघर्ष समितिका संयोजक उमेश यादवले बताए।

कलेज व्यवस्थापन पक्षले विगतमा गरेको सहमतिहरु कार्यान्वयन नगरी प्रहरी प्रशासनमार्फत् कर्मचारीलाई धाकधम्की दिने, पूर्वाग्रही भएर स्पष्टीकरण सोध्ने लगायतका गतिविधि गरेर दुःख दिएकाले बाध्य भएर पुनः आन्दोलनमा उत्रिनु परेको संयोजक यादवको भनाइ छ।

janakimedical

यसअघि कर्मचारीहरु विगतको सहमति कार्यान्वय गर्नुपर्ने, बाँकी बक्यौता तलबभत्ता पाउनुपर्ने लगायतको माग राखेर गएको भदौ १५ गते कलेजको शैक्षिक प्रशासनमा तालाबन्दी गरेर आन्दोलनमा उत्रेका थिए।

भदौ २६ गते मेडिकल प्रशासनका वरिष्ट अधिकृत दयानन्द झाले कर्मचारीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका थिए। भदौ ३१ गते कर्मचारी पक्षलाई बोलाएर जिल्ला प्रहरी कार्यालयले छलफल गराएको थियो। छलफलबाट कलेज व्यवस्थापन पक्ष र अन्दोलित कर्मचारीबीच तीन बुँदे सहमति भएको थियो।

आन्दोलनरत्त कर्मचारीले लगाएको सम्पूर्ण ताला असोज १ गतेदेखि खोल्ने, असोज ४ गते दुबै पक्षका लेखपाल राखेर हरहिसाब गर्ने र असोज ३० गतेभित्र अस्पताल व्यवस्थपन पक्षले कर्मचारीहरुको बाँकी बक्यौता तलबभत्ता, सञ्चय कोष, दशैँ खर्च दिएर समाधान गर्ने लगायत सहमति भएको थियो। सहमति पत्रमा कर्मचारीका तर्फबाट संघर्ष समतिका संयोजक उमेश यादव, कुलदिप दास, मकेश्वर यादव, जानकी शरण यादव, विशेश्वर यादव, राजिनारायण यादवले हस्ताक्षर गरेका थिए भने कलेजको तर्फबाट वरिष्ट प्रशासकीय अधिकृत दयानन्द झाले हस्ताक्षर गरेका थिए।

तर कलेज प्रशासनले दुवै पक्षबीचका लेखापाल बसाएर हरहिसाब गने सहमति कार्यान्वयन नगरी असोज ११ गते कर्मचारी संघर्ष समितिका संयोजक उमेश यादवलाई विभिन्न पाँचबुँदे स्पष्टीकरण सोधेपछि असोज१३ गतेदेखि नै कर्मचारीहरु आकस्मिकबाहेक सबै सेवा बन्द गरी धर्नामा बस्दै आएका छन्।

janaki medical collage

‘असोज ४ गते हरहिसाब गर्नुपर्न त्यो गरेनन्। उल्टै तर्साउन संघर्ष समतिका संयोजकलाई स्पष्टीकरण सोध्यो। यसले प्रष्ट हुन्छ कलेज व्यवस्थापन पक्षको नियत ठीक छैन। त्यसैले बाध्य भएर आन्दोलना पुनः उत्रेका छौं’ कलेजमा कार्यरत्त कर्मचारी वीरेन्द्रकुमार झाले भने।

अब कर्मचारीहरुको माग कार्यान्वयन नभएसम्म धर्ना र आन्दोलन जारी नै रहने संघर्ष समतिका संयोजक यादव बताउँछन्।

यता कलेज प्रशासनका वरिष्ठ अधिकृत दयानन्द झाले कोरोनाको कारण कलेज बन्द हुँदा विद्यार्थीबाट शुल्क उठाउन नसकेकाले कर्मचारीहरुको बाँकी भुक्तानी दिन नसकेको बताए। संघर्ष समितका संयोजक यादव आफ्नो व्यक्तिगत स्वार्थको लागि कलेजमाथि असर पर्ने गतिविधि गरेकाले स्पष्टीकरण सोधेको उनको तर्क छ। आन्दोलनको समस्या कलेज सञ्चालक आएपछि समाधान गर्ने अधिकृत झाले बताए।

कलेज सञ्चालक ओमप्रकाश पाण्डे कोरोना महामारीको कारण अहिले घरमा रहेको र शारीरिक अस्वस्थ्यताले आउन नसकेको कलेज प्रशासनले जनाएको छ। सञ्चालक पक्षको उदाशीनता र कर्मचारीको पटक पटकको आन्दोलनले यस क्षेत्रकै एक मात्र मेडिकल कलेजको रुपमा रहेको जानकी अस्पताल धारासायी बन्दै गएको छ।

याे पनि  :  जानकी मेडिकल कलेजका कर्मचारी आन्दोलित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .