कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा जथाभावी बोलेको, समाचार लेखेको तथा सामाजिक सञ्जालमार्फत गाली बेइज्जती गरेको आरोपमा पत्रकार खेम भण्डारीविरुद्धको मुद्दामा सोमबार सुनुवाइ हुँदै छ।
कञ्चनपुर जिल्ला अदालतमा न्यायाधीश शिवलाल पाण्डेयको इजलासमा पत्रकार भण्डारीको पेशी तोकिएको छ। सोमबार बम दिदीबहिनीबाहेकले दायर गरेको गाली बेइज्जतीको मुद्दाको सुनुवाइ हुने भएको हो।
मानसखण्ड दैनिकका भण्डारीविरुद्ध मृतक निर्मला पन्तका साथी बम दिदीबहिनी महेन्द्रनगरका मेयर सुरेन्द्र विष्टका भतिज आयुष, तत्कालीन एसपी दिल्लीराज बिष्टका छोरा किरण र वकिल विनोद भट्टले गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए।
मुलुकी अपराध संहिताको दफा ३०६ को (क)अनुसार गाली बेइज्जती गर्नेलाई २ वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।
पत्रकार भण्डारीले गाली बेइज्जती विद्युतीय माध्यमबाट गरेकाले थप एक वर्ष गरी तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुनसक्नेछ।
प्रतिक्रिया