उच्च अदालत सुर्खेतले जाजरकोट हत्याकाण्डमा आरोपित ८ जनालाई छाड्न आदेश दिएको छ।
भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विकसहित ६ जनाको हत्या भएको घटनामा संग्लन रहेको आरोपमा जिल्ला अदालतल रुकुम पश्चिमले पुर्पक्षका लागि थुनामा पठाएकामध्ये ८ जनालाई छाड्न आदेश दिएको हो।
उच्च अदालतको आदेशसँगै लोकेन्द्र घर्ती, डिल्ली घर्ती, तुलाराम घर्ती, सौरभ पुन, सविन पुन र भीमबहादुर पुनसहित ८ जनालाई छोड्न आदेश दिएको अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए।
आइतबार उच्चअदालत सुर्खेतका मुख्यन्यायाधीश कुमाल चुडालको एकल इजालासले जिल्ला अदालतले असार ८ गते गरेको फैसलाविरुद्ध आरोपीका परिवारले गरेको रिटमा सुनुवाई गरेको थियो।
रुकुमपश्चिमको सोती घटनामा संलग्नता रहेको अभियोगमा ३४ जनाविरुद्ध सामूहिक हत्या, जातीय छुवाछुत तथा भेद्भावविरुद्धको मुद्दा चलाइएको थियो।
त्यसमध्ये वडाध्यक्षसहित २३ जनालाई पूर्वपक्षका लागि थुनामा पठाएको थियो।
युवतीसहित दुई जनालाई बाल सुधार गृहमा पठाइएको छ। तीन जना तारेखमा र एक जनालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालतले आदेश दिएको थियो।
प्रतिक्रिया