महोत्तरीको मनरासिस्वा नगरपालिका-६ सरपल्लो गाउँमा एकै गाउँका दुई किशोर-किशोरीको शव झुण्डिएको अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार मंगलबार एकै दिन १६ वर्षीय सुनिल महतो र २० वर्षीया खुश्बु खातुनको शव झुण्डिएको अवस्थामा फेला परेको हो।
सुनिलको शव आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको विष्टले बताए। खुश्बुको शव भने उनको घर नजिकै रहेका आँपको बगैँचामा झुण्डिएको अवस्थामा फेला परेको हो। उनीहरुले आत्महत्या गरेको आशंका स्थानीयले गरेका छन्।
प्रहरीका अनुसार उनीहरुले के कति कारणले एकै समयमा आत्महत्या गरे त्यो खुलेको छैन। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक विष्टले बताए। दुवै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ।
प्रतिक्रिया