ad ad

समाज


कोरोना संक्रमण बढ्दै गएपछि फ्रान्सका ९ सहरमा कर्फ्यु घोषणा

कोरोना संक्रमण बढ्दै गएपछि फ्रान्सका ९ सहरमा कर्फ्यु घोषणा

नेपालखबर
असोज २९, २०७७ बिहिबार ०:२९,

कोरोना संक्रमण बढ्दै गएपछि फ्रान्समा राजधानी पेरिससहित ९ सहरमा कर्फ्यु लगाउने घोषणा गरिएकाे छ। 

राष्ट्रपति इमानुयल म्याक्रोले आउँदो शनिबारदेखि लागू हुनेगरी राति-राति कर्फ्यु लगाउने घोषणा गरेका हुन्। 

उनका अनुसार कर्फ्यु लागू भएपछि राति ९ बजेदेखि बिहान ६ बजेसम्म मानिस घरबाट निस्किन पाउने छैनन्। 

शनिबारदेखि कम्तीमा ४ हप्ता कर्फ्यु लगाइने बीबीसीले जनाएकाे छ। 

फ्रान्समा अहिले स्वास्थ्य आपतकाल लागू छ। बुधबार मात्रै त्यहाँ २२ हजार ९ सय ५१ जनामा कोरोना पुष्टि भएकाे थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .