ad ad

समाज


प्रदेश राजधानीको आन्दोलनमा जवर्जस्ती स्कुटर खोसेर जलाउने पक्राउ

प्रदेश राजधानीको आन्दोलनमा जवर्जस्ती स्कुटर खोसेर जलाउने पक्राउ

प्रकाश न्यौपाने
असोज २९, २०७७ बिहिबार १३:४३,

लुम्बिनी प्रदेश राजधानी दाङ सार्ने प्रदेश सरकारको निर्णयविरुद्ध रुपन्देहीमा भएको आन्दोलनका क्रममा चलाइरहेको स्कुटर जवर्जस्ती खोसेर जलाउने समूहलाई रुपन्देही प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ।

असोज १६ गते बुटवल उपमहानगरपालिका ११ देविनगरस्थित होराइजन चोकमा तिलोत्तमा नगरपालिकाको नाममा रहेको लु १ व २४७० नम्बरको स्कुटरमा सवार तिलोत्तमाको शिक्षा शाखामा कार्यरत कर्मचारीको साथबाट खोसेर जलाइएको थियो।

उक्त घटनामा संलग्न भेषराज पोख्रेल, रोशन थापा, सन्दिप पाण्डेय, सुरज क्षेत्रीलाई पक्राउ गरी अपराधिक उपद्रको मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले जानकारी दिए। यस्तै, प्रहरीले डिउटीमा जाँदै गरेको प्रहरीलाई बाधा अवरोध गरेको आरोपमा देवदह नगरपालिका वसन्त रेग्मी र वसन्त खासुलाई पक्राउ गरेको छ।

उनीहरुले असोज १९ गते देवदह ५ खैरेनी कचहरामा डिउटीमा जाँदै गरेका प्रहरीको स्कुटर रोकी स्कुटी फुटाईदिउ भन्दै धम्की समेत दिई जबरजस्ती लाइसेन्स बिलबुक मागी चेकजाँच गर्ने गरेका थिए। उनीहरुउपर सार्वजनिक शान्ती विुरुद्धको कसुर मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको डीएसपी खड्काले बताए।

यस्तै, प्रहरीले बिहीबार तिलोत्तमा १४ जितपुर क्षेत्रको तिनाउ नदीबाट अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन गरी लु३त ८६६६र लु३त ६३३१ नं. को ट्याक्टरमा बालुवा लोड गरेको अवस्थामा निण्न्त्रणमा लिएको छ।

यसैगरी रोहिणी गाउँपालिका १ सेमरपानीबाट अबैध रुपमा माटो उत्खनन गरी ल्याउँदै गर्दा लु३त९०९७, लु४त५०९९, लु१त८६३१, लु४त४८५०, लु३त१०५४, लु२त५२५६ र लु३त७४१९ नं का ट्याकटरहरु नियन्त्रणमा लिएर कारबाहीका लागि जिल्ला समन्वय समितिको कार्यालय पठाइएको डीएसपी खड्काले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .