ad ad

समाज


थप ३१ सय ६७ जनामा कोरोना पुष्टि, १८ सय निको भए

थप ३१ सय ६७ जनामा कोरोना पुष्टि, १८ सय निको भए

नेपालखबर
कात्तिक १, २०७७ शनिबार १०:३७,

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ३ हजार १६७ जनामा कोरोना पुष्टि भएको बताए।

उनका अनुसार आज देशमा संक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ रहेको छ।

पछिल्लो २४ घण्टामा थप १५ हजार ४३८ गरी अहिलेसम्म १२ लाख ६७ हजार ६०५ परीक्षण भएको छ।

उनले १ हजार ८ सय जना संक्रमित पछिल्लो २४ घण्टामा निको भएको बताए। योसँगै नेपालमा निको हुने ८९ हजार ८४० रहेका छन्।

यो कूल संक्रमितको ६९.७ प्रतिशत हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ७ सय २७ पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .