ad ad

समाज


धनुषामा पोखरीमा दुई बालिकाको शव फेला

धनुषामा पोखरीमा दुई बालिकाको शव फेला

शैलेन्द्र महतो
कात्तिक २, २०७७ आइतबार १४:३,

धनुषामा पोखरीमा दुई बालिकाको शव फेला परेको छ।

धनुषाको लक्ष्मनिया गाउँपालिका-१ सिनुरजोरा बस्ने रामकुमार यादवको छोरी वर्ष ८ की खुशि यादव र उपेन्द्र यादवको छोरी वर्ष ९ की राधिका यादवको पोखरीमा डुबेको अवस्थाम आइतबार शव फेला परेको हो।

शनिबार दिउँसो आगँनमा खेल्दैखेल्दै हराएकी बालिका साँझसम्म नभेटेपछि राति पौने ९ बजे अभिभावकले लक्ष्मीनिया प्रहरी चौकीमा जानकारी गराएका थिए।

खोज तलाश गर्ने क्रममा आइतबार दिउँसो ३ बजे स्थानीय बाबुजि यादवको पोखरिमा राधिका फेला परेको र साँझ साढे ६ बजे खुशी यादव फेला परेको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

दुवै बालिककाको डुबेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुुमान छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको र दुवै बालिकको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .