सिम्रौनगढ नगरपालिका–९ कचोर्वास्थित पिपराघाटबाट श्रोत नखुलेको नगद १२ लाख ३४ हजार ५ सय ९५ रुपैयाँ सोमबार बिहान प्रहरीले बरामद गरेको छ।
भारतबाट नेपालतर्फ आउँदै गरेका अपरिचित व्यक्तिले जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी कचोर्वाबाट खटिएको प्रहरीलाई देख्ना आफूले बोकेको झोला छाडी फरार भएपश्चात झोला जाँच गर्ने क्रममा विभिन्न दरका उक्त नगद बरामद भएको हो।
बरामद रकम आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
84
Shares
प्रतिक्रिया