ad ad

समाज


मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

प्रकाश न्यौपाने
कात्तिक ३, २०७७ सोमबार १५:५७,

रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित ड्राइभरटोलमा दुर्घटना भएको छ। दुर्घटनामा परी एकजनाको मृत्युु भएको छ।

तिलोत्तमा नगरपालिका वडा नं १ स्थित सिद्धार्थ राजमार्गको ड्राइभरटोल प्रहरी चौकी अगाडि भएको दुर्घटनामा २ जना घाइते भएका प्रहरीले जनाएको छ।

बुटवलबाट मणिग्रामतर्फ जाँदै गरेको मोटरसाइकल र बुटवलबाटै नयाँमिलतर्फ जाँदै गरेको स्कुटर दुर्घटनामा भएका हुन्। 

दुर्घटनामा लु ३३ प ४९४७ नं को मोटरसाइकलको पछाडी सवार सिद्धार्थनगर नगरपालिका–९ बस्ने वर्ष २८ को सुदीप घिमिरेको मृत्यु भएको प्रहरीले बताएको छ।

मोटरसाइकल चालक गुल्मी छत्रकोट गाउँपालिका वडा नं ४ घर भई तिलोत्तमा ५ मणिग्राम बस्ने सरोज पन्त गम्भीर घाइते छन्।

त्यसैगरी लु ५४ प ४७१७ नं को स्कुटर चालक तिलोत्तमा ५ नयाँमिलका सुवास भण्डारी पनि गम्भीर घाइते भएका छन्। उनीहरुको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .