ad ad

समाज


भारतीय अनुसन्धानकर्ता भन्छन् : निको भएकाे ३ महिनापछि फेरि कोरोना संक्रमण हुन सक्छ!

भारतीय अनुसन्धानकर्ता भन्छन् : निको भएकाे ३ महिनापछि फेरि कोरोना संक्रमण हुन सक्छ!

नेपालखबर
कात्तिक ५, २०७७ बुधबार ४:४१,

भारतका अनुसन्धानकर्ताले एकपटक कोरोना निको भए पनि लापरबाही गरे पुनः संक्रमण हुन सक्ने चेतावनी दिएका छन्।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) का निर्देशकले उक्त चेतावनी दिएका हुन्।

समाचार एजेन्सी पीटीआईका अनुसार मंगलबार आईसीएमआरका निदेशक डाक्टर बलराम भार्गवले भने, ‘अहिलेसम्म हामीलाई प्राप्त विवरणअनुसार संक्रमणबाट मुक्त भएको ३ देखि ५ महिनासम्म शरीरमा कोरोनाविरुद्ध लड्ने एन्टिबडी हुन्छ।’

तर यसपछि बिस्तारै त्यसकाे संख्या घट्दै जाने र फेरि संक्रमण हुन सक्ने उनको भनाइ छ।

‘यदि ९० दिभित्र व्यक्ति फेरि संक्रमित भयो भयो भने त्यसलाई पुनः संक्रमण भनिन्छ,’ उनले भने।

उनका अनुसार विश्व स्वास्थ्य संगठनले ३० देशमा गरेको सोलिडारिटी ट्रायलको नतिजामा भारत सरकारले ध्यान दिइरहेको छ।

उनले अगाडि भने, ‘ट्रायलको अन्तरिम रिपोर्टअनुसार कोरोना उपचारका लागि प्रयोग गरिएको रेम्डेसिभिर र हाइड्रोक्सिक्लारोक्किन प्रभाव खासै देखिएन, जति अपेक्षा गरिएको थियो।’ बीबीसी हिन्दीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .