ad ad

समाज


अग्रिम टिकट नखुले पनि दसैंको मुखका काठमाडौंमा सजिलै पाइन्छन् सवारी साधन

अग्रिम टिकट नखुले पनि दसैंको मुखका काठमाडौंमा सजिलै पाइन्छन् सवारी साधन

नेपालखबर
कात्तिक ६, २०७७ बिहिबार ०:५,

सरकारले विगतका वर्षमा जस्तो यस वर्ष दशैँ तिहार, छठलगायतका चाडपर्वमा काठमाडौंबाट घर जान चाहने नागरिकका लागि अग्रिम टिकट नखुलाए पनि सवारी साधन नपाउने समस्या छैन।

काठमाडौंबाट बाहिरिने यात्रुको संख्या कम भएकाले यस वर्ष दसैंको मुखमा पनि सर्वसाधारणले सजिलै टिकट पाइरहेका छन्।

दसैंको समयमा विगतका वर्षभन्दा धेरै कम यात्रुले मात्रै काठमाडौँ उपत्यका छाडेर घर गएकाले समस्या नभएको यातायात व्यवस्था विभागलले जनाएको छ। माग नआएकै कारण यस वर्ष अग्रिम टिकट नखुलाइएको विभागका प्रवक्ता डा.लोकनाथ भुषालले बताए।

यस वर्ष बिगतका वर्षभन्दा झण्डै एक चौथाइले मात्रै उपत्यका छाडेका छन्। त्यति यात्रुका लागि अहिले भइरहेकै सवारीसाधन पर्याप्त हुने उनको भनाई छ।

आवश्यक पर्दा थप सवारीसाधन व्यवस्थापन गर्न सकिने यातायात व्यवसायीले बताएका छन्। ‘हामी यातायात व्यवसायीसँग नियमित सम्पर्क गरिरहेका छौँ, यात्रुको चाप वढे सवारी साधन पनि थप हुने छ।’ विगत वर्षमा दसैंको बेला झण्डै २० लाखले काठमाडौं छाड्थे। यो वर्ष झण्डै चार÷पाँच लाखले मात्रै उपत्यका छाड्ने अनुमान गरिएको छ।।

विगतका वर्षमा दसैंमा निकै भीडभाड हुन्थ्यो। तर, अहिले लामो र मध्यम रुटका गाडी छुट्ने स्थानमा भीडभाड कम देखिएको छ।

विभागले ट्राफिक प्रहरीसँगको समन्वयमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना भए नभएको अनुगमनसमेत गरिरहेको छ। केही दिन पहिले मात्रै सरकारले सार्वजनिक सवारीसाधनमा सिटअनुसार यात्रु राख्न पाउने र तोकिएभन्दा बढी भाडा लिन नपाउने व्यवस्था गरेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .