नेपालमा कोरोना संक्रमणबाट बुधबार एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ।
संक्रमणको कारण बुधबार थप ३१ जनाको मृत्यु भएको हो। बुधबार दिउँसो चार बजेको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले २६ जनाको मृत्यु भएको जानकारी दिएका थिए।
विभिन्न जिल्लामा रहेका थप पाँच जना संक्रमितको बुधबार साँझ र राति मृत्यु भएको हो। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ९६ पुगेको छ।
बुधबार नेपालमा थप ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म संक्रमितको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।
यो सँगै देशभरी सक्रिय संक्रमितको संख्या ४४ हजार ४ सय ७६ पुगेको छ। अहिलेसम्म एक लाख भन्दा धेरै संक्रमित निको भएका छन्।
बुधबार २ हजार ९ सय ९६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्।
प्रतिक्रिया