ad ad

समाज


बालकुमारीमा बाेलेरोले ठक्कर दिँदा एक जनाको मृत्यु, अर्का गम्भीर घाइते

बालकुमारीमा बाेलेरोले ठक्कर दिँदा एक जनाको मृत्यु, अर्का गम्भीर घाइते

नेपालखबर
कात्तिक ६, २०७७ बिहिबार ४:२०,

ललितपुरको बालकुमारीमा बिहीबार बोलेरो गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएकाे छ। अर्का व्यक्ति गम्भीर घाइते भएका छन्।

कुखराका चल्ला तथा दाना ढुवानी गर्ने बा १२ च ४२२८ नम्बरको बोलेरोले बिहान ५ बजेतिर ठक्कर दिँदा ललितपुरकै इमाडोल निवासी ७८ वर्षीय बाबुकाजी श्रेष्ठको मृत्यु भएको हो।

दुर्घटनामा सोही ठाउँका ७० वर्षीय भाइलाल महर्जन गम्भीर घाइते भएकाे प्रहरीले जनाएकाे छ। 

बालकुमारी पुलनजिकैबाट सडक पार गरिरहेका उनीहरुलाई ठक्कर दिएपछि गाडी भागेकाे थियाे। 

तर त्यसलाई सानेपाबाट नियन्त्रणमा लिइएकाे ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईले नेपालखबरलाई जानकारी दिए। गाडीका चालक दोलखाकाे मेलुङ-५ का कुवेर खड्कालाई पनि पक्राउ गरिएको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .