ad ad

समाज


चिडियाखानाका वन्यजन्तुलाई खाना खुवाउन ललितपुर महानगरको सहयोग

चिडियाखानाका वन्यजन्तुलाई खाना खुवाउन ललितपुर महानगरको सहयोग

नेपालखबर
कात्तिक ६, २०७७ बिहिबार ८:५९,

ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानालाई ललितपुर महानगरपालिकाले आर्थिक सहयोग गरेको छ।

आर्थिक अभावका कारण चिडियाखानामा रहेका वन्यजन्तुलाई खाना खुवाउन समस्या भएपछि महानगरपालिकाले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो।

बिहीबार महानगरपालिकाका प्रमुख (मेयर) चिरिबाबु महर्जनले चिडियाखानाका आयोजना अधिकृत डा. चिरन्जीबी पोखरेललाई सहयोग बापतको चेक हस्तान्तरण गरेका हुन्।

हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर महर्जनले कोभिड संक्रमणका कारण चिडियाखानाको आम्दानीको स्रोत बन्द भएकोले आर्थिक समस्या परेको अवस्थामा सहयोग पु-याउने उद्देश्यले रकम उपलब्ध गराएको बताए। आगामि दिनमा आवश्यकता अनुसार आर्थिक सहयोग रकम जुटाउन महानगर प्रतिवद्ध रहेको पनि उनले बताए।

सदर चिडियाखानाका आयोजना अधिकृत डा. पोखरेलले कोभिड संक्रमणको जोखिमका कारण चिडियाखाना बन्द रहँदा आम्दानी ठप्प रहेको बताए।

चिडियाखानामा वार्षिक १५ करोड रुपैयाँ भन्दा बढी खर्च हुने गर्छ भने चिडियाखाना भित्र रहेका बन्यजन्तुको खानपिनका लागि करिब ३ देखि ४ करोड रुपैयाँ खर्च हुने पोखरेलले बताए। चिडियाखानामा १ सय १० प्रजातिका १ हजार ६८ वन्यजन्तु रहेका छन्।

आर्थिक अभावका कारण चिडियाखानाका कर्मचारीले आधा महिनाको तलब लिएर काम गरिरहेको पनि डा. पोखरेलले बताए। वित्तीय हिसाबले ऋणात्मक अवस्थामा पुगेको चिडियाखाना सरकारको सम्पत्ति हो।

विगत २० वर्षदेखि चिडियाखाना आफ्नै आम्दानीबाट सञ्चालन हुँदै आएको छ। अहिले कोभिड १९ का कारण पूर्ण रुपमा बन्द गर्नुपर्दा आम्दानी शुन्य भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .