ad ad

समाज


यूरोपका ८० प्रतिशत प्राकृतिक बासस्थान अतिक्रमितः अध्ययन

यूरोपका ८० प्रतिशत प्राकृतिक बासस्थान अतिक्रमितः अध्ययन

नेपालखबर
कात्तिक ६, २०७७ बिहिबार ११:१४,

सन् २०१३–२०१८ सम्मको अवधिको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै ईईएले भनेको छ,‘सन् २००७–२०१२ सम्ममा ७७ प्रतिशत प्राकृतिक वासस्थान प्रतिकुल अवस्थामा रहेका थिए।’

“हामीले युरोपमा ठूलो मात्रामा पुनःस्थापना गर्नु आवश्यक छ,” उक्त रिपोर्टका लेखक ईईए विज्ञ कार्लोस रोमाओले पत्रकारसँग भने।

“यो जैविक विविधताको लागि मात्र नभई जलवायु परिवर्तन बिषयका लागि पनि आवश्यक छ,” उनले भने। साधारण खेत र ओसिलो जमिनमा बसोबास गर्ने खासगरी स्काइरलार्कजस्ता दुर्लभ पंक्षीजन्य प्रजातिहरू प्रतिकुल वासस्थानका कारण यस यूरोप महाद्वीपमा घटिरहेको प्रतिवेदनमा उल्लेख छ।

यूरोपमा वासस्थान वा त्यहाँ बस्ने प्रजातिहरूले सघन कृषि, शहरी विकास, पर्यटन र मनोरञ्जन केन्द्र र ससंरक्षित वन गतिविधि र प्रदुषणजस्ता कैयौँ दवावहरूको सामना गरिरहेका अध्ययनले देखाएको छ।

यसका साथै मौसम परिवर्तन, बढ्दो खडेरी र घट्दो वर्षासँगै थप चुनौतीहरू खडा भएका छन्।

छ वर्षको अध्ययनमा ईएएले बेलायतलगायत ईयू सदस्य राष्ट्रहरूमा वातावरणलाई हानी पु¥याउने ६७ हजार प्रकारका मानवीय गतिविधिहरूलाई विवरणमा समावेश गरेको छ, जुन अघिल्लो पाँच वर्षको तुलनामा पाँच प्रतिशतले कमी हो । ईयुमा चरा प्रजातिहरूको आधाभन्दा कम अर्थात् ४७ प्रतिशतले ‘राम्रो’ संरक्षण पाएका छन्।

प्राकृतिक बासस्थान विनास बाली तथा फलफुलमा परागसेचनका महत्वपूर्ण हुने हुनाले जैविक विविधताका लागि महत्वपूर्ण मानिन्छ। उनीहरूको संरक्षण स्थिति अन्य भन्दा धेरै प्रतिकुल भएको रिपोर्टले देखाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .