ad ad

समाज


अमेरिकी राष्ट्रपतिका उम्मेदवार बाइडेनलाई यसैवर्ष हत्या गर्न खोजिएको थियो!

अमेरिकी राष्ट्रपतिका उम्मेदवार बाइडेनलाई यसैवर्ष हत्या गर्न खोजिएको थियो!

नेपालखबर
कात्तिक ८, २०७७ शनिबार ११:१५,

गत मे महिनामा १९ वर्षका अलेक्जेन्डर हिलेल ट्रिसम्यानलाई प्रहरीले उत्तरी क्यारोलिनामा ६ लाख अमेरिकी डलर, पाँच बन्दुक र केही विस्फोटक पदार्थसहित पक्राउ गरेको थियो।

उत्तरी क्यारोलिनास्थित डिस्ट्रिक्ट कोर्टका अनुसार अलेक्जेन्डरले बाइडेनको घर अनलाईनमा पत्ता लगाएका थिए। अदालतको प्रमाणअनुसार उनी बाइडेनको डेलावेरको घर नजिकै पनि पुगेका थिए।

बाइडेनको घर पत्ता लगाएपछि मात्र अलेक्जेन्डरले बन्दुक, नाइटभिजन तथा विस्फोटक पदार्थ खरिद गरेको बताइएको छ।

सीएनबीसीले दिएको जानकारीअनुसार अलेक्जेन्डरले अप्रिल १५ मा मेम सेयरिङ प्ल्याटफर्म आइफन्नीमा ‘के मैले बाइडेनको हत्या गर्नुपर्छ?’ भनेर प्रश्नसमेत राखेका थिए।

Mugshot of Alexander Treisman, arrested after making threats to kill Joe Biden.अलेक्जेन्डर

उनलाई यसअघि उत्तरी क्यारोलिनाको संघीय अदालतमा बाल अश्लिल सामग्री राखेको र प्रसारण गरेको आरोपमा दोषी पाइएको थियो।

डमोक्रेटिक पार्टीको उम्मेदवार बाइडेनले रिपब्लिकन पार्टीका उम्मेदवार हालका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग राष्ट्रपति पदका लागि नोभेम्बर ३ मा चुनाव लड्दैछन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .